काठमाडौँ- नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) अबदेखि पार्टीको भ्रातृ संगठन नरहने भएको छ। शुक्रबार बसेको नेविसंघको सिनेट बैठकले संगठनलाई स्वचालित बनाउने भन्दै अब उप्रान्त पार्टीको भ्रातृ संगठन नरहने निर्णय गरेको हो।
पार्टीको भ्रातृ संगठनका रूपमा रहँदा हरेक निर्णय पार्टीको निर्देशनमा गर्नुपर्ने बाध्यता रहँदा विद्यार्थी आन्दोलनका विषयमा प्रभावकारी हुन नसकिएको नेविसंघका प्रवक्ता सुरज सेजुवालले बताए । नेविसंघको अधिकार सम्पन्न सिनेट बैठकबाट आफूहरू उक्त निर्णयमा पुगेका उनको भनाइ छ ।
कांग्रेसको भ्रातृ संगठन नरहने भन्नुको अर्थ पार्टी र आस्था नै छाडेको भन्न नमिल्ने प्रवक्ता सेजुवालले बताए। पार्टीकै मूल्यमान्यता आत्मसात् गरेर बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त नै हाम्रो मार्ग निर्देशक सिद्धान्त रहने उनले बताए।
प्रतिक्रिया