×

दर्पण छायाँको जोडी उत्तम र निरुता दुई दशकपछि एकसाथ

images

काठमाडौँ । फिल्म ‘दर्पण छायाँ’ फेम जोडी उत्तम प्रधान र निरुता सिंह दुई दशकपछि फेरि एकसाथ आउने भएका छन् । पछिल्लो पटक सन् २००३ मा प्रदर्शन भएको ‘उपहार’मा देखिएका उनीहरूले अब नयाँ फिल्म ‘महादशा’ मा एकसाथ आउन लागेका हुन् । 

फिल्मका निर्देशक किरण नेपालीले आफ्नो नयाँ फिल्म महादशामा उत्तम र निरुतालाई अनुबन्ध गरेको जानकारी दिएका हुन् ।

किरणले भनेका छन्- 'जीवनमा तपाईंहरुकै ‘दर्पण छायाँ’ जस्तो फिल्म हेरेर प्रेरणा मिल्यो । आज आफ्नै निर्देशनमा हजुरहरूसँग काम गर्ने अवसर जुर्‍यो, खुसी र हर्ष छ नै । फिल्मलाई राम्रो गर्ने नै छौं ।’ 

किरणले ‘महादशा’बाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । 

हालै उत्तमले किरणको नयाँ फिल्म ‘कल्ली’बाट १३ वर्षपछि कमब्याक गरेका थिए । निरुताले भने फिल्म ‘३६ को आँकडा’बाट ६ वर्षपछि कमब्याक गरेकी छिन् । यही फिल्मको छायांकनका लागि हाल नेपालमा रहेकी उनीसँग किरणले यसै साता लिखित सम्झौता गरेका हुन् । फिल्ममा उत्तम र निरुता जोडीको रूपमा प्रस्तुत हुने जनाइएको छ ।

दशैंपछि छायांकन सुरू हुने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे, हाकिम गुरुङ, रेअर राई लगायतको पनि अभिनय रहनेछ । मनिष गौतमको लेखन रहेको फिल्ममा राज के. शाह, श्याम मगर र अमला देवी राई निर्मातामा छन् ।

 

शनिबार ४ असोज २०८२ ०४:५१ PM मा प्रकाशित

प्रतिक्रिया