काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न नमिल्ने भएको छ ।
नेपाल इन्जिनियर्स’ एसोसिएसनको विज्ञ टोलीले गरेको अनुगमनपछि मन्त्रालयको भवन प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको निष्कर्ष निकालेको हो । नेपाल इन्जिनियर्स एसोसिएसनका प्राविधिकहरूले आगजनी भएका सार्बजनिक भवनहरुको निशुल्क फिल्ड अस्सेसमेन्ट गरिरहेका छन् ।
एसोसियसनले आगलागीपछि संरचनामा भएको क्षतिको प्रारम्भिक निरीक्षण, जोखिम मूल्याङ्कन र संरचनागत सुरक्षा मूल्याङ्कनको महत्वपूर्ण कार्य गर्दै दिगो पुनर्निर्माण र विपद् व्यवस्थापनमा योगदान पुर्याइरहेका छन् ।
प्रतिक्रिया