×

‘प्रतिनिधि र प्रदेश निर्वाचनमा बहुमतको लक्ष्य लिएका छौँ’

images

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने लक्ष्य रहेको बताउनुभएको छ । 

उपसभामुख खड्काले आज हेटौँडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रममा  पार्टीको मूलभूत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको बताउनुभयो । उहाँले कांग्रेसले चाहेर मात्रै गठबन्धन नभएको बताउँँदै दुई तिहाइ बहुमत पाएको नेकपाको जनबिरोधी काम, मनलाग्दी र ज्यादतीको अन्त्य गर्न गठबन्धन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान र लोकतन्त्र विरोधी गतिविधिले गठबन्धन निर्माण भएको हो ।”  

कार्यक्रममा कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले स्थानीय तहमा प्राप्त नतिजाको आधारमा अझै मिहेनत गरेर आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अझै राम्रो गर्न आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनोट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले टिकट वितरणको विषयमा पार्टीभित्र विवाद देखिँदा घातअन्तर्गघात बढेको बताउनुहुँदै आगामी निर्वाचनमा क्रियाशील सदस्यबाटै उम्मेदवार छनोट गर्न जरुरी रहेको बताउनुभयो ।

बुधबार ४ साउन २०७९ ०९:५९ PM मा प्रकाशित

प्रतिक्रिया