काठमाडौँ । नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज उन्नति सहकार्य लघुवित्त र सान्भी इनर्जीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेड र शिभ श्री हाइड्रोको सेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै समृद्धि फाइनान्सको सेयर मुल्य सबैभन्दा बढी ८.८८ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ९८ करोड ५५ लाख र बुटवल पावरको ६४ करोड २७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया