काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा एनवाई रेड बुल्सलाई पराजित गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले रेड बुल्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा लियोनेल मेसी र टेलास्को सेगोभियाले २-२ गोल गरेका थिए । त्यस्तै जोर्डी अल्बाले एक गोल गरे । त्यस्तै गरि रेड बुल्सका लागि अलेक्जेन्डर ह्याकले एक गोल गरेका थिए ।
यो जित पछि इस्टर्न कन्फेरेन्समा इन्टर मियामीको २१ खेलमा ४१ अंक भएको छ र हाल पाँचौं स्थानमा छ । त्यस्तै एनवाई रेड बुल्सको २४ खेलमा ३३ अंक रहेको छ ।
प्रतिक्रिया