×

घरजग्गाको कारोबारमा व्यक्तिले तिर्ने लाभकर नै अन्तिम कर हो : आन्तरिक राजस्व विभाग

images


 काठमाडौं । आन्तरिक राजस्व विभागले सेयरमा जस्तै घरजग्गामा पनि प्राकृति व्यक्तिले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने बताएको छ ।

विभागले नेपाल जग्गा तथा आवास विकास महासंघलाई एक पत्र लेख्दै प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गाको बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको बताएको हो 
त्यस्तो कारोबारबाट भएको लाभमा नियमअनुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुेन आन्तरिक राजस्व विभागले बताएको छ ।

अर्थमन्त्री डा. प्रकशशरण महतले १५ जेठमा संसदमा प्रस्तुत गरको आर्थिक विधेयकमा प्राकृति व्यत्तिले धितोपत्र र जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्दा हुने लाभको आय विवरण पेश गरेको छैन भने आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्कको आय विवरण पेश गरी कर दाखिला गर्दा लाग्ने करको ५० प्रतिशत छुट दिने

बताएका थिए । साथै उनले आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडिको त्यस्तो आयमा कर मिनाहाको घोषणा गरेको थिए ।

मङ्गलबार ५ असार २०८० ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया