×

करण चम्किँदा अमेरिकाले गुमायो ४ विकेट

images

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको अमेरिकाविरुद्धको  खेलमा नेपालले चौथो विकेट लिएको छ । जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको अमेरिकाले १५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ४४ रन बनाएको छ।  चौथो विकेट पनि करण केसीले नै लिए । 

करणले चौथो विकेटका रूपमा नस्थुस केन्जिगलाई आउट गराए । नस्थुस केन्जिग एक रनमै पेभेलियन फर्किए । उनलाई करणले आरिफ शेखमार्फत क्याच गराएका हुन् । करणले यसअघि अमेरिकाका कप्तान एरोन जोन्सलाई दुई रनमा पभेलियन फर्काए । करणले कुशल भुर्तेलमार्फत जोन्सलाई क्याच गराएका थिए । सुरुदेखि नै नेपाली बलरहरुको दबाबमा परेको अमेरिकाले आठौँ ओभरको पाँचौँ बलमा तेस्रो विकेट गुमाएको हो । 
 । 

नेपाल र अमेरिका दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाब्वेले आठ विकेटले हराएको थियो । अमेरिकालाई भने पहिलो खेलमा वेस्ट इन्डिजले हराएको थियो । अंक तालिकाको नेट रनरेटमा भने नेपालभन्दा अमेरिका अगाडि रहेको छ ।

मङ्गलबार ५ असार २०८० ०२:०९ PM मा प्रकाशित

प्रतिक्रिया