×

धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ गठबन्धन भन्दा १३ सय मतले अगाडि

images

धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङकाे अग्रता कायमै छ । उहाँ एक हजार दुई सय ९७ मतले अघि हुनुहुन्छ । 

अहिलेसम्म गणनामा स्वतन्त्रका उम्मेदवार साम्पाङले १२ हजार १५ प्राप्त गर्नुभएकाे हाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १० हजार सात सय १८ मत प्राप्त गर्नुभएकाे छ ।  

नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले आठ हजार सात सय ३९ मत प्राप्त गर्नुभएकाे छ ।  

यसैगरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १२ हजार तीन सय ७६ मत प्राप्त गरी अग्रता बनाइरहनुभएकाे छ । उहाँलाई नेकपा एमालेका पदम इस्बो लिम्बूले ११ हजार सात सय ६५ मतसहित पछ्यारहनुभएकाे छ ।

शुक्रबार​ ६ जेठ २०७९ ०२:३८ PM मा प्रकाशित

प्रतिक्रिया