काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेको चर्चा भइरहेको समयमा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सोमबार साँझ भेट गर्ने तय भए पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि भेटवार्ता आजलाई सारिएको थियो।
उनीहरूबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, आगामी जेठ १५ गते सरकारले ल्याउने बजेट, सदनलाई प्रभावकारी बनाउन र समसायमिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्। प्रधानमन्त्री ओलीलाई रुघाखोकी लागेपछि प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ।
प्रतिक्रिया