भरतपुरमा रेनु दाहाल ३ हजार १ सय ८१ मतले अगाडि

    images

    चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको मतान्तर केही घटेको छ । अहिलेसम्म ५७ हजार सात सय ७७ मतगणना हुँदा दाहाल तीन हजार एक सय ८१ मतले अघि हुनुहुन्छ । 

    पछिल्लो मत परिणामअनुसार दाहालले २१ हजार ६ सय ८३ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १८ हजार पाँच सय दुई मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म आठ हजार ६७ मत प्राप्त गर्नुभएकाे छ । 

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उहाँले २४ हजार ३० मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले १४ हजार ६ सय ५४ मत ल्याउनुभएको छ । उहाँहरूबीच नाै हजार तीन सय ६७ मतकाे मतान्तर रहेकाे छ । 

    भरतपुर -१२

    खसेको मत: ४५३१
    मतगणना :३६४३

    अध्यक्ष 
    सूर्य (हरि पन्त) - १६७४
    कलम ( नरेन्द्र कन्दङ्वा) - १३०६

    (३६८ मतले हरि पन्त अगाडि )

    रेनु : १२५०
    विजय : १४८९
    जगन्नाथ : ४३३

    भरतपुर -११

    मतगणना : ७८१३

    अध्यक्ष 
    कमल मल्ल (सूर्य ) - ३३३७
    युवराज पाैडेल (हँसिया हथाैडा) - २५८६

    (७५१ मतले कमल मल्ल अगाडि )

    रेनु : २९६३
    विजय : २८३०
    जगन्नाथ : ४९९ 

      शुक्रबार​ ६ जेठ २०७९ ०२:३२ PM मा प्रकाशित

      प्रतिक्रिया