श्रीकृष्ण प्रणामी मूल मन्दिर इमाडोलको ५३अौ वार्षिक महोत्सवको उपलक्ष्यमा बैशाख २ देखि ८ सम्म श्रीमद्तारतम सागर ब्रह्मवाणी साप्ताहिक पाठपारायण श्री १०८ जगतनन्दन महाराजजीको मुखाराविन्दबाट भइरहेको छ।आजको कार्यक्रममा अतिथिका रुपमा केशवप्रसाद चौलागाईं ले वर्तमान राजनीतिक गतिरोधको समाधानका लागि यस्तो धार्मिक महोत्सव ले सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो ।" द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्र को भूमिका " माओवादी द्वन्द्व व्यवस्थापनका लागि गरिएको अनुसन्धानमा" स्वराज्य र मेलमिलाप " सुझाव का रुपमा प्रस्ताव गरिएको बिषयमा आज बोल्न शिर्षक दिइएको कुराले हर्षको अनुभव भएको बताउनु भयो ।
मेलमिलापको माध्यम ले राजनीतिक द्वन्द्व समाधान भएको उद्धरण गर्दै पश्चिमी अफ्रिकी राष्ट्र बेनीनमा धार्मिक क्षेत्र ले मेलमिलाप द्वारा शान्तिपूर्ण सत्ता हस्तान्तरण गरेको अनुभव सुनाउनु भयो ।श्रीकृष्णप्रणामी साहित्य मा प्रकाशित श्री पूर्ण ब्रह्म अक्षरातीत तथाअक्षर ब्रह्म को परमधाम चित्र र जापान सोसाइटी अफ ह्युमनिस्टिक एन्थ्रोपोलोजी एसोसिएसनले तयार गरेको सृष्टिको रहस्य बुझाउने चित्र मध्ये कृष्ण प्रणामी साहित्य मा प्रकाशित तथ्य पुर्ण रहेको बताउदा भक्तजनहरुमा खुसियाली छाएको थियो ।
रसो वै स: रासो वै ब्रह्म सुत्र सर्वप्रथम कृष्ण प्रणामी साहित्य मा आफुले अध्यन गरेको र आज पनि रासको अनुभव भइरहेको अनुभुती सुनाउनु हुदा स्रोताहरुलाइ प्रभाव परेको बुझ्न सकिन्थ्यो ।स्वराज्य शंखघोष नयाँ पुस्तकमा " स्वराज्य भागवत " पनि प्रकाशित भएको देखाउनु हुदैन ऋगवेद,अथर्ववेद र भागवत कथालाई समन्वय गर्दै स्वराज्य भागवत नयाँ प्रयोग भएको पनि बताउनु भयो । स्वराज्य भागवतमा रहेको मिलाप गीत वाचन गर्दै वहाले आफ्नो मन्तव्य टुङ्ग्याउनु भयो । यस्तो धार्मिक बार्षिक महोत्सव हरुलाइ द्वन्द्व व्यवस्थापन को मोडालिटिबाट सञ्चालन गर्दा परिणाममुखि हुने कुरा पनि जादा जादै व्यक्त गर्नु भयो ।
चिन्मय जीवन स्वराज्य होस्
बान्धव दिल सधै साथ होस्
सतराग अनुराग होस्
मिलाप होस,प्रेमालाप होस्।।
धर्ती रज उष्ण प्राणी जाति
सूर्य र चन्द्र खगोल माथि
वसुधैव कुटुम्बकार होस्
मिलाप होस् प्रमालाप होस्।।
मन्मय आँगन आलोक होस्
चेतनज्योति सधै बास होस्
सृष्टि सार रस रास होस्
मिलाप होस् प्रेमालाप होस।।
प्रतिक्रिया