×

प्रधानमन्त्रीद्वारा पूर्वमन्त्री श्रेष्ठको निधनमा दुख व्यक्त 

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले,पूर्व स्वास्थ्य मन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मधुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति दुख व्यक्त गरेका छन् । 
सामाजिक संजाल ट्वीटरमार्फत प्रचण्डले, लेखेका छन्, पूर्व स्वास्थ्य मन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मधुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दछु।

डा. श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा हार्दिक समवेदना प्रकट गर्दछु। पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा  निधन भएको हो ।

लामो समयदेखि दम  र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको  थियो । उहाँ विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री हुुनुहुन्थ्यो ।
 

सोमबार ८ फागुन २०७९ ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया