काठमाडौं । आईसीसी यू–१९ महिला टी– ट्वान्टी विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन बनाएको हो ।
नेपालका लागि कप्तान पुजा महतोले २७ रन र सावित्री धामीले १० रन बनाए । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटल्याण्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन् ।
प्रतिक्रिया