×

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

images

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन भने बढेको हो। नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो । 

आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको सेयर किनबेच भएको छ। यस्तै, प्राइम बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । फोरवर्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको ५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।

धौलागिरी लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत र खप्तड लघुवित्त वित्तिय संस्थाको करिब ६ प्रतिशतले मूल्य वृद्धि भएको छ । आज १३ वटा उपसुचकहरूमा ४ कम्पनीमा ओरालो लागेको र बाँकी सबै कम्पनीको मूल्यमा वृद्धि भएको छ । सबैभन्दा धेरै अन्य इन्डेक्समा करिब २ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ । यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.९५ प्रतिशत बढेको छ। अन्य उपसमूहको परिसूचकको वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।

सोमबार ४ पुस २०७९ ०४:०७ PM मा प्रकाशित

प्रतिक्रिया