×

निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी हुने

images

काठमाडौं । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब भुक्तानी हुने भएको छ । 

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । 

उक्त भुक्तानी दशैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए । 

बिहीबार २ कात्तिक २०८० ०५:०७ PM मा प्रकाशित

प्रतिक्रिया