काठमाडौँ, ३ असोज । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत पहिलो दिन ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन तथा निर्वाचन उत्साहप्रद रूपमा सम्पन्न भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै वडा अधिवेशनहरू भव्य रूपमा सम्पन्न भएको औपचारिक जानकारी दिनुभएको हो।
आज सम्पन्न वडा अधिवेशनहरूबाट नयाँ वडा कार्यसमिति चयन हुनुका साथै माथिल्लो तहको निर्वाचनका लागि क्षेत्रीय प्रतिनिधिहरू समेत निर्वाचित भएका छन्।
केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ (बाढी प्रभावित क्षेत्रहरू) बाहेक अन्य बाँकी ३१ जिल्लाहरूमा भने वडा अधिवेशन आइतबार (असोज ४ गते) पनि जारी रहनेछ। बाढीपहिरोका कारण कतिपय क्षेत्रमा प्रक्रिया प्रभावित भए पनि देशभरका नेता तथा कार्यकर्ताहरू निकै उत्साहका साथ महाधिवेशनको प्रारम्भिक प्रक्रियामा होमिएका छन्।
प्रतियोगितात्मक कार्यतालिका अनुसार असोज ७ गते गाउँ–नगर सम्मेलन, असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ भने आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न हुनेछ।
कांग्रेसमा महाधिवेशन प्रतिनिधि कसरी चयन हुन्छन्?
नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमिति (केन्द्रीय नेतृत्व) चयन गर्ने मुख्य मतदाता नै महाधिवेशन प्रतिनिधि हुन्। तल्लो तहदेखि माथिल्लो तहसम्म शृङ्खलाबद्ध निर्वाचन प्रक्रिया पार गरेर मात्र महाधिवेशन प्रतिनिधि चुनिन पाउने वैधानिक व्यवस्था छ। यसको पूर्ण प्रक्रिया यसप्रकार छ:
वडा अधिवेशन (प्रारम्भिक चरण)
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (मुख्य चरण)
वडाबाट चुनिएर आएका तिनै क्षेत्रीय प्रतिनिधिहरू मिलेर प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गठन हुन्छ। यही अधिवेशनले आफूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू निर्वाचित गर्दछ।
पदेन महाधिवेशन प्रतिनिधि
निर्वाचन प्रक्रियाबाहेक पार्टीको विधान अनुसार निश्चित पदमा रहेका नेताहरू स्वतः महाधिवेशन प्रतिनिधि (पदेन) हुने व्यवस्था छ:
यसपटक संशोधित विधान अनुसार देशभरबाट करिब ५ हजार ४४५ जना महाधिवेशन प्रतिनिधिहरू चयन हुनेछन्, जसले कांग्रेसको भावी केन्द्रीय नेतृत्व र नीति तय गर्नेछन्।
प्रतिक्रिया