काठमाडौँ । नेपालले होबार्ट हुरीक्यान्सलाई ६६ रनले पराजित गरेको छ ।
अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको होबार्ट हुरीक्यान्सले १६.१ ओभरमा अल आउट हुदै ११४ रन मात्र बनाएको थियो ।
नेपाललाई जिताउने क्रममा बलर नन्दन यादवले ५ विकेट लिए भने रिजन ढकाल, रोहित पौडेल, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।
नेपालका लागि आरिफ सेखले ३३ रन बनाए भने आसिफ सेखले २९, कुशल भुर्तेलले २७, र लोकेस बमले अविजित २५ रन बनाएका थिए । त्यस्तै हुरीक्यानसका बलर निभेथान राधाकृष्णन र राफेल म्याकमिलनले २-२ विकेट लिए भने मार्कस बीन र गाब्रियल बेलले एक एक विकेट लिएका थिए ।
नेपालको जारी सिरिजमा चौथो खेमा यो पहिलो जित हो । अब नेपालले अर्को खेल भोली मेलवर्न रेनेगेड्ससँग खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया