काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार १२ घण्टामा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।
मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, बर्दिया र पोखरामा ठूलो वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । मकवानपुरमा २० मिलिमिटर, सिन्धुपाल्चोकमा ११९ मिलिमिटर, सिन्धुलीमा ११२, बर्दियामा ९२ र पोखरामा ६७ मिलिमिटर पानी परेको छ ।
बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेको र त्यसकै प्रभावका कारण नेपाल आएको जलवाष्पयुक्त हावाको असर हिजो बेलुकादेखि परेको छ ।
यसकै कारण आज बिहानैदेखि देशका धेरै ठाउँको मौसम बदली भएको छ । आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।
प्रतिक्रिया