×

स्पेन महिला युरोकपको सेमिफाइनलमा

images

काठमाडौँ । स्पेन जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा स्पेनले स्वीजरल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

स्पेनको जितमा एथेनिया डेल कास्टिलो र क्लाउडिया पिनाले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा स्वीजरल्याण्डकी नोएल मार्टिजले रातो कार्ड पाएकी थिइन् ।

अब स्पेनले सेमिफाइनलमा फ्रान्स र जर्मनीबीचको विजेतासँग खेल्ने छ । यो सेमिफाइनल खेल जुलाई २३ मा हुने छ ।

महिला युरोकपको सेमिफाइनलमा यसअघि इटाली र इङल्याण्ड पुगिसकेका छन् ।

शनिबार ४ साउन २०८२ ०८:४६ AM मा प्रकाशित

प्रतिक्रिया