×

लगातार सातौँ दिन आज पनि शेयर बजार बढ्यो, २ अर्ब २९ करोड रुपैयाँको कारोबार

images

 लगातार सातौँ दिन आज पनि शेयर बजार बढेको छ । असारको २८ गतेयता सात दिन कारोबार भएकोमा सात दिन नै शेयर बजार बढेको छ । 

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १६ दशमलव २० अङ्कले बढेर दुई हजार ४५ दशमलव ६३ विन्दुमा पुगेको छ । कारोबार भएका सबै समूहको शेयर सामान्य बढेको छ । 

आज दुई सय १३ वटा कम्पनीका ५७ लाख १३ हजार कित्ता शेयर दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ९७ लाख र एभरेस्ट बैंक लिमिटेडको १० करोड रुपैयाँको शेयर किनबेच भयो । 

आज इमर्जिङ नेपालको शेयर आठ र गणपति लघुवित्तको शेयर सात प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि म्युचल फण्ड समूहका धेरै कम्पनीको भाउ घटेको छ । 

मङ्गलबार ३ साउन २०७९ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया