×

बलिवुड फिल्म 'सैयारा' को पहिलो दिन शानदार कमाई

images

काठमाडौँ । बलिवुड फिल्म 'सैयारा' ले रिलिजको पहिलो दिन शानदार कमाई गरेको छ ।

अहान पाण्डेको डेब्यू फिल्म 'सैयारा' पहिलो दिन २१ करोड २५ लाख कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । यो अभिनेत्री अनित पड्डाको पहिलो फिल्म पनि हो । आदित्य चोपडा र अक्षय विधानीद्वारा निर्मित यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् । यस फिल्मको पटकथा रोहन शंकर र संकल्प सदानाले लेखेका हुन् । दर्शकहरूले फिल्मको कथा धेरै मन पराएका छन् । 

फिल्मको रिभ्यु पनि निकै राम्रो रहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शले यस फिल्मलाई साढे ४ रेटिंग दिएका छन् । उनले बलिवुडको रोमान्सलाई फिर्ता ल्याएको टिप्पणी गरेका छन् । 

यस फिल्मलाई यस अघिका फिल्म आशिकी र आशिकी-२ सँग तुलना गरिएको छ । यस अघि ‘आशिकी २’, ‘वो लम्हे’, ‘जेहर’ र ‘एक खलनायक’ जस्ता भावनात्मक प्रेमकथाहरू प्रस्तुत गरिसकेका फिल्म निर्माता मोहित सुरीले फेरि एकपटक यशराज फिल्म्ससँग मिलेर भावनात्मक प्रेम कथामा नयाँ फिल्म ल्याएका छन् ।

शनिबार ४ साउन २०८२ ०७:१८ PM मा प्रकाशित

प्रतिक्रिया