×

साफ यू-२० महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

images

काठमाडौँ । नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज भुटानविरुद्ध खेल्दै छ ।

यो खेल नेपाली समय अनुसार दिउसो २: ४५ बजेदेखि शुरु हुदैछ । बंगलादेशको ढाकामा हुने यो खेलको प्रत्यक्ष प्रशारण 'Sportzworkz' युट्युब च्यानलबाट हुने एन्फाले जानकारी दिएको छ ।

जारी प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका चार खेलमा तीन जितसहित ९ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । नेपालले दुवै पटक श्रीलंकाविरुद्ध ७-० गोल अन्तरले हराएको छ भने यस अघि भुटानलाई ६-१ ले पराजित गरेको थियो । त्यस्तै बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।

त्यसैगरी भुटानले भने ४ खेलमा एक जित हासिल गरेको छ । भुटानले श्रीलंकालाई ५-० गोलले पराजित गरेको थियो भने बंगलादेशसँग ४-१ र ३-० को हार बेहोरेको थियो भने नेपालसँग ६-१ ले हार बेहोरेको थियो ।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले अब अर्को खेल अन्तिम खेल जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । 

यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

शनिबार ४ साउन २०८२ ०८:४० AM मा प्रकाशित

प्रतिक्रिया