गोदावरीमा कांग्रेसका उम्मेदवार विजयी

    images

    गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी हुनुभएको छ । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी हुनुभएको हो । 

    प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी हुनुभएको थियो । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाउनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाउनुभएको छ ।

    उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १३ हजार ४४ मत पाउनुभएको छ ।

      बिहीबार ५ जेठ २०७९ १२:३७ PM मा प्रकाशित

      प्रतिक्रिया