×

जग्गाको कित्ताकाट खुला गर्ने मन्त्रिपरिषद्‍को निर्णय

images

काठमाडौं । मन्त्रिपरिषद्‍ बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माका अनुसार भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको हो।

मन्त्री शर्माले भनिन्, ‘नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो। त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ।’

बुधबार ६ बैशाख २०८० ०६:१६ AM मा प्रकाशित

प्रतिक्रिया