×

‘एमसिसीका नाममा गठबन्धन भत्काउने प्रयास हुँदैछ’

images


राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले विपक्षी दलका केही नेताहरु गठबन्धन भत्काउन लागि परेको बताउनुभएको हो । “विपक्षी दलका केही नेताहरु सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटेर एमसिसी पारित गर्ने र गठबन्धन भत्काउने प्रयास गर्दैछन्, यसमा गठबन्धन सचेत हुनु जरुरी छ”, उहाँले भन्नुभयो ।

 दुई/दुई पटक संसद् विघटन गरेको एमालेले पाँच दलीय गठबन्धन भत्काएर संसद् विघटनको औचित्य सावित गर्न खोजेको उहाँको भनाइ छ । उहाँले एमसिसीका बारेमा यथार्थ कुरा जनतामाझ लैजानुपर्ने बताउनुभयो । सम्मेलनले लालबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । सम्मेलनले सात सदस्यीय सल्लाहकार समिति गठन गरेको जनमोर्चाका नेता रोशन दानीले जानकारी दिनुभयो । 

शनिबार ७ फागुन २०७८ ०९:२१ PM मा प्रकाशित

प्रतिक्रिया