×

सुन प्रतितोला रु एक लाख पाँच सय

images

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ६०० रुपैयाँ बढेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। यस दिन चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ। 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

आइतबार​ ३ पुस २०७९ ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया