×

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग निर्वाचनको तयारी र सुरक्षा बारे छलफल

images

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा छलफल गरेका छन् ।

शनिबार शित्तल निवासमा भएको छलफलमा चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको थियो । सो अवसरमा सबै सुरक्षा प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएका थिए । साथै चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको र राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको विषय समेत छलफल गरिएको छ । 

यस विषयमा फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको र तयारी अझै द्रूततर गतिमा अघि बढाउदै जाने प्रधानमन्त्री कार्कीले बताएकी छन् । उनले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन समेत आग्रह गरेकी छन् ।

शनिबार २ कात्तिक २०८२ ०८:०९ PM मा प्रकाशित

प्रतिक्रिया