×

टी- २० सिरिज - नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

images

काठमाडौं। नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ। टी- २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको हो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९ रन बनाएका थिए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७-२७ रन बनाएका थिए। त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए।

त्यसैगरी अमेरिकाका बलर सौरभ नेत्राभल्कर जसदीप सिंह र हर्मित सिंहले २-२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए।

शुक्रबार​ २ कात्तिक २०८१ ०९:१३ AM मा प्रकाशित

प्रतिक्रिया