काठमाडौं- सरकारले भारत, चीन र अमेरिका लगायत १३ वटा प्रमुख देशका लागि नयाँ राजदूतहरूको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विषयगत विज्ञता, अध्ययन, अनुसन्धान तथा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो।
सिफारिस गरिएका व्यक्तिहरूलाई अब संसदीय सुनुवाइ प्रक्रियाका लागि पठाइनेछ। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि सम्बन्धित देशबाट 'एग्रीमो' (सहमति) मागेर राष्ट्रपतिमार्फत औपचारिक नियुक्ति गरिने कानुनी व्यवस्था छ।
सिफारिस राजदूत
१. डा. निश्चलनाथ पाण्डे- भारतका लागि प्रस्तावित राजदूत
२. डा. कल्याणराज शर्मा- चीनका लागि प्रस्तावित राजदूत
३. चिरनजंग थापा- संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त)- संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत
५. जिग्यान कुमार थापा- जापानका लागि प्रस्तावित राजदूत
६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत
७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत
८. शारू जोशी – जर्मनीका लागि प्रस्तावित राजदूत
९. डा. पद्माक्षी राणा – ओमानका लागि प्रस्तावित राजदूत
१०. चूडामणि खरेल – मलेसियाका लागि प्रस्तावित राजदूत
११. प्रा. डा. सङ्गम श्रेष्ठ – दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२. डा. मंचल झा – श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३. गिरीबहादुर सुनार – साउदी अरेबियाका लागि प्रस्तावित राजदूत
प्रतिक्रिया