×

घट्यो सुनचाँदीको मूल्य

images

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

हिजो मंगलबार प्रतितोला ६ सय रुपैयाँ घटेको थियो । महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा सुक्रीबिक्री भएको थियो।

आज बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला १५ रुपैयाँ घटेको हो।

 

बुधबार २ असोज २०८१ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया