काठमाडौँ । गत जुनमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा मृत्यु भएका चार यात्रुका परिवारले विमान निर्माता बोइङ र विमानका पार्टपुर्जा निर्माता हनीवेल विरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन् । परिवारहरूले कम्पनीहरूको लापरवाहीका कारण दुर्घटना भएको आरोप लगाउदै मुद्धा दायर गरेको बिबिसीले उल्लेख गरेको छ ।
मुद्दामा दोषपूर्ण इन्धन स्विचले दुर्घटना निम्त्याएको र विमानको डिजाइनमा निहित जोखिमहरू थाहा हुँदाहुँदै पनि कम्पनीहरूले केही नगरेको उल्लेख गरिएको छ । जुन दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो । अनुसन्धान प्रतिवेदनमा बोइङ ७८७-८ ड्रीमलाइनरको इन्धन स्विच उडान भरेको केही समयपछि नै असफल भएको थियो ।
प्रारम्भिक निष्कर्षहरूले विमान जमिनबाट निस्केको केही समयपछि इन्जिनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गरेपछि अनुसन्धानकर्ताहरूले इन्धन स्विचमा ध्यान केन्द्रित गरेका थिए । मुद्दामा आरोप लगाइएको ७८७ ड्रीमलाइनर र यसका पार्टपुर्जाहरू विकास र बजारीकरण गर्दा दुवै कम्पनीहरू दुर्घटनाको जोखिमको बारेमा सचेत थिए ।
प्रतिक्रिया