काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेल तोकिएको समयमै हुने स्पष्ट गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै एन्फा प्रवक्ता सुरेन्द्र शाहले बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेलका बारेमा कपोकल्पित समाचार प्रकाशित भएको भन्दै दुवै खेल दशरथ रंगशालामा तोकिएको समयमै हुने बताएका हुन् ।
एन्फाले आगामी सेप्टेम्बर ६ र ९ मा काठमाडौंको दशरथ रंगशालामा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने यस अघि जानकारी दिएको थियो । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत खेलिने छ । एन्फाले जुलाई ७ मा नै एएफसी र फिफाबाट समेत स्वीकृति प्राप्त भइसकेकोले यस विषयमा प्रकाशित काल्पनिक समाचारले खेलप्रेमीको भावनामा चोट पुर्याएको उल्लेख गरेको छ ।
विभिन्न मिडियामा बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नचाहेको आशयका समाचार प्रकाशित भएपछि एन्फाले यस विषयमा स्पष्ट गरेको छ ।
प्रतिक्रिया