×

आइसिसी विश्वकप छनोट प्रतियोगिता- नेपालले पहिलो ब्याटिङ गर्दै

images

काठमाडौं । आजबाट जिम्बावेमा सुरू आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले घरेलु टिमविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ। जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको छ ।

विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकामा दुई र जिम्बाबेमा दुईवटा अभ्यास खेल खेलेको थियो । नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको थियो । पछिल्लो समय उच्च लयमा रहेको नेपाल यसलाई कायम राख्ने योजनामा हुनेछ। 

विश्वकप छनोटमा नेपाल जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह एमा छ। समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्। नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेल्न लागेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । अहिले ७ ओभरमा  नेपाल ३१   रन बनाउदै खेलिरहेको छ। 

आइतबार​ ३ असार २०८० ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया