×

सर्लाहीको वाग्मती नगरपालिकामा माओवादीका उम्मेदवार विजयी

images

जेठ ४ सर्लाहीको वाग्मती नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भरतकुमार थापा निर्वाचित हुनुभएको छ । उहाँले ११ हजार ३७५ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार टंकबहादुर बस्नेतले सात हजार ३६८ मत प्राप्त गर्नुभएको हाे ।

त्यसैगरी उपमेयरमा पनि माओवादी केन्द्रकै लीलाकुमारी मोक्तान दश हजार ८७९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उपमेयर मोक्तानका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सरिता घिसिङले सात हजार ७०५ प्राप्त गर्नुभएको छ।

बुधबार ४ जेठ २०७९ ०६:०८ PM मा प्रकाशित

प्रतिक्रिया