×

सिकार खेल्ने क्रममा बोकेको भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु, १० जना पक्राउ

images

धनगढी । डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु भएको छ ।बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका उनको गोली लागेर मृत्यु भएको हो।  बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह  खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको पन्तले बताए।

घटनापछि प्रहरीले खड्कासँगै रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ का तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरेको छ।  घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पन्तले बताए। 

शुक्रबार​ ५ बैशाख २०८२ १०:४४ AM मा प्रकाशित

प्रतिक्रिया