काठमाडौं । नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यसम्पादन समिति बोलाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।
‘समसामयिक विषयमा छलफल गरेर आगामी निर्णय लिनका लागि केन्द्रीय कार्यसम्पादन बैठक बोलाउने निर्णय भएको छ,’ उनले भने ।
बैठकमा राजसंस्था समर्थित गतिविधिको विषयमा पनि समीक्षा भएको प्रवक्ता महतले बताए । पदाधिकारी बैठकमा संविधान रक्षाको पक्षमा सम्पूर्ण पार्टी पङ्क्तिलाई उभ्याउने विषयमा छलफल भएको उनले बताए ।
‘जनताले बनाएको संविधान अनुसार जनताले चुनेका प्रतिनिधिबाट शासन गर्ने व्यवस्थाको रक्षाका निम्ति सम्पूर्ण रूपमा क्रियाशील हुने साझा धारणा बनेको छ । त्यसको लागि आगामी रणनीति तयार गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ,’ उनले भने
बैठकमा राजसंस्था समर्थित गतिविधिको विषयमा पनि समीक्षा भएको प्रवक्ता महतले बताए । पदाधिकारी बैठकमा संविधान रक्षाको पक्षमा सम्पूर्ण पार्टी पङ्क्तिलाई उभ्याउने विषयमा छलफल भएको उनले बताए । ‘जनताले बनाएको संविधान अनुसार जनताले चुनेका प्रतिनिधिबाट शासन गर्ने व्यवस्थाको रक्षाका निम्ति सम्पूर्ण रूपमा क्रियाशील हुने साझा धारणा बनेको छ । त्यसको लागि आगामी रणनीति तयार गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ,’ उनले भने
वर्तमान सरकारलाई व्यवस्थाभित्रका कमीकमजोरी सुधारमा क्रियाशील गर्ने विषयमा छलफल भएको उनले बताए ।’जनताका प्रतिनिधिबाट निर्वाचित सरकारले जनअपेक्षामा पूर्ति गर्न नसकेको विषयमा समीक्षा भएको छ । क्षमताले भ्याएसम्म जनताका आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बेला आएको र त्यसप्रति सरकारलाई केन्द्रित गराउने निर्णय भएको छ,’ उनले भने ।
बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको रोकिएको चुनाव सुचारु गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।
प्रतिक्रिया