×

शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटना, पाँच जनाको मृत्यु

images

धरानमा शैक्षिक भ्रमण आएको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकाे छ । जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको बस ब्रेक फेल भएर दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको हाे ।

प्रहरीका अनुसार धनकुटाको भेडेटार पुगेर आएको बस ब्रेक फेल भएर दुर्घटनामा हुँदा १ बच्चासहित ५ जनाको मृत्यु भएको छ । १३ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’

आइतबार​ ५ माघ २०८२ ०९:२८ PM मा प्रकाशित

प्रतिक्रिया