×

एएफसीको एन्फामाथि कारवाही, १० हजार डलर जरीवाना

images

काठमाडौँ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचारसंहिता समितिले कारबाही गर्दै जरिवाना गरेको । 

समितिको गत अगस्ट २१ बसेको बैठकले नेपाललाई कारबाही गर्दै १० हजार डलर जरिवाना गरेको छ ।  एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को छनोटबाट नाम फिर्ता लिएकोप्रति एएफसीले एन्फामाथि कारबाही गरेको हो । 

एएफसीको अनुशासन समितिले प्रतियोगिताको नियमअनुसार १०६ दिनअघि नाम फिर्ता लिनुपर्नेमा एन्फाले सो नियम अनुसार नगरेको भन्दै नेपाललाई कारबाही गरेको जनाएको छ ।  साथै एएफसीले अर्को संस्करणको एएफसी फुटसल एसियन कपमा भाग लिन नपाउने भएको छ । त्यस्तै अनुशासन समितिले जरिवाना गरिएको रकम सेप्टेम्बर २१ सम्ममा तिर्न निर्देशन दिएको छ ।

 

बुधबार १ असोज २०८२ ०८:५५ PM मा प्रकाशित

प्रतिक्रिया