×

ओली-प्रचण्ड सहमतिको असर कोशीमा: हिक्मतकुमार कार्कीको नेतृत्वमा ११ सदस्यीय जम्बो मन्त्रिमण्डल तयार

images

विराटनगर — कोशी प्रदेशमा राजनीतिक सरगर्मी र लामो समयको रस्साकस्सीबीच नयाँ मन्त्रिमण्डल गठन भएको छ। केन्द्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भएको सत्ता साझेदारी सहमतिको २३ औं दिनमा कोशीमा ११ सदस्यीय नयाँ मन्त्रिमण्डलले अन्तिम रूप पाएको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। नयाँ सत्ता समीकरण अनुसार एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच मन्त्रालयगत जिम्मेवारी बाँडफाँट गरिएको छ।

 ११ सदस्यीय मन्त्रिपरिषद्को कार्यविभाजन तालिका

क्र.सं. नाम पार्टी जिम्मेवारी / मन्त्रालय
१. हिक्मतकुमार कार्की नेकपा एमाले मुख्यमन्त्री
२. खिनु लङ्वा लिम्बू नेपाली कम्युनिष्ट पार्टी पर्यटन, वन तथा वातावरण मन्त्रालय
३. जीवन आचार्य नेपाली कम्युनिष्ट पार्टी भौतिक पूर्वाधार विकास मन्त्रालय
४. गोम्बु शेर्पा नेपाली कम्युनिष्ट पार्टी आन्तरिक मामिला तथा कानुन मन्त्रालय
५. गीता तिम्सिना नेपाली कम्युनिष्ट पार्टी सामाजिक विकास मन्त्रालय
६. विदुरकुमार लिङ्थेप नेकपा एमाले आर्थिक मामिला तथा योजना मन्त्रालय
७. इन्द्रमणि पराजुली नेकपा एमाले स्वास्थ्य मन्त्रालय
८. रामप्रसाद महतो नेकपा एमाले उद्योग, कृषि तथा सहकारी मन्त्रालय
९. तिलचन पाठक नेकपा एमाले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय
१०. सपना परियार (दर्जी) नेपाली कम्युनिष्ट पार्टी भौतिक पूर्वाधार विकास राज्यमन्त्री
११. उमाकान्त गौतम नेकपा एमाले स्वास्थ्य राज्यमन्त्री

केन्द्रको ओली-प्रचण्ड सहमति अनुरूप कोशी प्रदेशमा नयाँ राजनीतिक जोडघटाउ सहित नयाँ सरकार गठन भएको हो। ११ सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित एमालेले ६ वटा र नेकपाले ५ वटा (राज्यमन्त्रीसहित) मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। यस पटकको मन्त्रिमण्डलमा खिनु लङ्वा लिम्बू, गीता तिम्सिना र सपना परियारसहित महिला नेतृत्वलाई महत्वपूर्ण मन्त्रालयमा प्राथमिकता दिइएको छ।


सोमबार १ भदौ २०८३ ०८:५९ PM मा प्रकाशित

प्रतिक्रिया