काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको भ्रमण बोधगयामा हुने भएको छ । प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा यस पटक नेपाली सेनाको विमान प्रयोग गर्ने भएका छन् ।
नेपाली सेनाको यस विमानको लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया सुरु गरिएको छ ।
ओलीसहितको प्रतिनिधिमण्डलले सेनाको विमानमा काठमाडौंबाट भारतको बोधगया जाने छन्। बोधगयामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने चाहन ।
ओलीको दुई दिने भ्रमण कार्यतालिकाबारे छलफल गर्न भारतीय विदेश सचिव बिक्रम मिश्री आज काठमाडौँ आएका छन् । उनले आजै प्रधानमन्त्री ओलीसँग भेट गरेर भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।
प्रतिक्रिया