काठमाडौँ । यस सिजनको स्पेनिस ला लिगा शुरु भएको छ । ला लिगाको शुरुवाती खेलमा बार्सिलोनाले शानदार शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले मल्लोर्कामाथि ३-० को जित निकाल्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो । बार्सिलोनाको जितमा राफिन्हा, फेरान टोरेज र लामिन यमलले एक एक गोल गरेका थिए ।
यस खेलमा मल्लोर्काका दुई खेलाडीले रातो कार्ड पाएका थिए । खेलको ३३औं मिनेटमा मानु मोर्लनेज र ३९औं मिनेटमा भेडाट मुरीकीले रातो कार्ड पाएपछि मल्लोर्का ९ खेलाडीमा सिमित भएको थियो ।
गएराती नै भएका अनु खेलमा डिपोर्टिभो आल्भेजले लेभान्तेलाई २-१ ले पराजित गरेको छ भने भलेन्सिया र रियल सोसियडाड १-१ गोलको बराबरी खेलेका छन् । त्यस्तै भिल्ला रियलले आफ्नो पहिलो खेलमा रियल ओभिएडोलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया