×

इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृत्यु

images

काठमाडौँ । इराकको कात शहरको एक शपिङ मलमा भएको भीषण आगलागीमा ६१ जनाको मृत्यु भएको छ । अल जजिराका अनुसार मल भित्र रहेका ४५ जना भन्दा बढीको उद्धार गरिएको छ ।

इराकको सरकारी मिडियाका अनुसार धेरै मानिसहरूको मृत्यु भएको छ र धेरै घाइते भएका छन् । यो मल पाँच दिन अघि मात्र खोलिएको थियो । बुधबार राति मलमा आगलागी भएको थियो, जुन अहिले नियन्त्रणमा आएको छ । उद्धारकर्मीहरूले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

सरकारले घटनापछि देशमा तिन दिनको शोकको घोषणा गरेको छ भने आगलागीको कारण पट्ट लगाउन आयोग गठन गरेको रिपोर्टमा उल्लेख छ । 

 

बिहीबार २ साउन २०८२ ०२:४९ PM मा प्रकाशित

प्रतिक्रिया