×

उपेन्द्र यादवको दाबि- राजकुमार गुप्ता मधेशी भएकाले राजीनामा दिन बाध्य पारियो

images

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरुलाई जो गर्न पनि छूट भएको टिप्पणी गरेका छन् ।

आफ्नो सचिवालयको सामाजिक सञ्जालमा टिप्पणी गर्दै यादवले राजकुमार गुप्ता मधेश मूलका भएका कारण राजीनामा दिन बाध्य पारिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-   

ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । वालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरुलाई जो गर्न पनि छूट छ । 

सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो । बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरुका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनी ‘बा’ को शिरमा विराजमान भइरहन्थे ।  

भूमि मन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन् । अडियो लगायतका प्रमाणहरु मिडियामा छ्यापछ्याप्ती छन् । तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ । बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एकपल पनि खेर फाल्ने थिएनन् ।

बिहीबार २ साउन २०८२ ०२:५५ PM मा प्रकाशित

प्रतिक्रिया