×

यमललाई बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी

images

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले आफ्नो आइकोनिक १० नम्बर जर्सी युवा खेलाडी लामिन यमललाई दिएको छ ।

१८ बर्षिय यमलसँग २०३१ सम्म सम्झौता गरेपछि बार्सिलोनाले उनलाई १० नम्बर जर्सी दिएको हो । १० नम्बर जर्सी यसअघि अन्सु फातीले लगाउदै आएपनि उनले क्लब छोडेपछि यो खाली रहेको थियो । फाती लोनमा फ्रेन्च क्लब मोनाकोमा गएका छन् ।

बार्सिलोनामा १० नम्बर जर्सीलाई विशेष मानिन्छ । यस अघि यो नम्बरको जर्सी लियोनेल मेसी, रोनाल्डिन्हो र डिएगो म्याराडोना जस्ता लिजेण्ड खेलाडीले लगाएका थिए ।

१० नम्बर जर्सी पाएपछि यमलले मेसी, रोनाल्डिन्हो र म्याराडोना लिजेण्ड खेलाडी भएको र आफुले पनि उनीहरुको पदचिन्ह पछ्याउने बताएका छन् ।

१८ बर्षकै उमेरमा यमलले विशेष खेलाडीको रुपमा आफुलाई उभ्याइसकेका छन् । उनले बार्सिलोनाका लागि ला लिगा र कोपा जिताइसकेका छन् भने राष्ट्रिय टिम स्पेनलाई युरोकप जिताएका छन् ।

बार्सिलोनाले यमललाई बार्षिक १७ देखि २३ मिलियन डलरसम्म पारिश्रमिक दिने गरि नयाँ सम्झौता गरेको छ । 

 

बिहीबार २ साउन २०८२ ०९:५८ AM मा प्रकाशित

प्रतिक्रिया