×

१४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

images

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्रीहरु बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ ।

जिल्ला अदालत काठमाडौंले आज उनीहरुको अनुसन्धानका लागि तीन दिनको म्याद थपेको हो । संगठित अपराधमा पक्राउ परेको ६० दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । उक्त प्रकरणमा तीन अभियुक्त पक्राउ परेको आज ५४ दिन वितिसकेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् भने दुई जना अझै फरार छन् ।

बुधबार ३ जेठ २०८० ०८:१२ PM मा प्रकाशित

प्रतिक्रिया