×

हुम्लाको सिमकोट गाउँपालिकामा माओवादीका भण्डारी विजयी

images

हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

नेकपा (माओवादी केन्द्र) का विजय भण्डारी (प्रतिरोध) ले दुई हजार ८८२ मत ल्याएर सो गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रबहादुर शाहीले एक हजार ९६९ मत ल्याउनुभएको हो । 
 
यसैगरी नेपाली कांग्रेसका सुशीला रोकायाले दुई ४७४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी प्रतिमा लामाले एक हजार ४५७ मत ल्याउनुभएको छ । 

मङ्गलबार ३ जेठ २०७९ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया