×

प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस

images

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायव महानिरीक्षक (डीआईनी) अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । आज (बिहीबार) बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा.मनोज कुमार केसीलाई एआईजीमा सिफारिस गरेको हो ।

२०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेका खापुङ, आचार्य र पोखरेल महानिरीक्षक दीपक थापाका व्याचमेट हुन् । त्यसैगरी, कार्की, अधिकारी र डा.केसी २०५४ चैत १८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

बिहीबार ४ बैशाख २०८२ ०७:४९ PM मा प्रकाशित

प्रतिक्रिया