×

आईसीसी टी-२० विश्वकप- आज नेपालले आफ्नो अन्तिम खेल स्कटल्याण्डसँग खेल्दै

images

काठमाडौँ । भारत र श्रीलंकामा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो अन्तिम खेल स्कटल्याण्डसँग खेल्दै छ  । मंगलवार राति ७:१५ मा  समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा सुरु हुनेछ । सन् २०१४ को डेब्यु विश्वकपमा २ जित निकालेको नेपाल सन् २०२४ को पछिल्लो संस्करणमा जितविहिन बनेको थियो । त्यसैले नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ ।

नेपालले अघिल्ला तीनै खेल गुमाएको थियो । नेपालले यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो। नेपालको तर्फबाट आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, नन्दन यादवलगायतले खेल्नेछन् । यो खेलमा बसिर अहमदले पनि मौका पाउने सम्भावना छ । यदी उनले खेल्ने अवसर पाएका गुल्सनकुमार झा बेन्चमा रहन सक्छन् ।

यता, स्कटल्यान्ड पनि जितसहित प्रतियोगिता अन्त्य गर्ने लक्ष्यमा छ । यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्डसँग हार व्यहोरेको स्कटल्यान्डले इटालीविरुद्ध जित निकालेको थियो ।

रिचि बेरिङटनको कप्तानीमा रहेको स्कटल्यान्डलाई जर्ज मुन्से, माइकल जोनस, ओलिभर डेविडसन, ब्राड करीजस्ता खेलाडीले साथ दिनेछन् ।

मङ्गलबार ५ फागुन २०८२ ०९:४५ AM मा प्रकाशित

प्रतिक्रिया