×

५०० रुपैयाँ घट्यो सुनको मुल्य

images

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँले घटेको हो ।  शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो । चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
 

शुक्रबार​ ५ फागुन २०७९ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया